You are viewing the translated version of जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउने.
Section 24
जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउने
जलवायु परिवर्तनले खाद्य उत्पादनमा पार्न सक्ने प्रतिकूल प्रभाव वा त्यसबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आपसी समन्वयमा देहायका कार्य गर्नेछन्:-
(क) जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट जोगिने उपायको बारेमा अनुसन्धान गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
(ख) खडेरी तथा डुबान थेग्न सक्ने बाली प्रवर्द्धन गर्ने तथा सो बमोजिमको बीउ बिजनर प्रविधि उपलब्ध गराउने,
(ग) प्रकोपको पूर्वानुमान तथा पूर्वसचेतना प्रणालीको विकास र विस्तार गर्ने तथा असर न्यूनीकरणका उपाय सम्बन्धी सूचनाको प्रवाहलाई प्रभावकारी बनाउने,
(घ) जलवायु परिवर्तनले कृषिमा पार्ने प्रतिकित असर न्यूनीकरणका सकारात्मक प्रयास प्रवर्द्धन गर्ने,
(ङ) जलवायु परिवर्तनबाट प्रभावित किसानको हित: संरक्षण गर्न कृषि बिमाको पहुँच बिस्तार गर्ने,
(च) समुदायस्तरमा जलवायु शिक्षामार्फत जलवायु; अनुकूलन खेतीबाली तथा पशुपन्छीको प्रवर्द्धन गर्ने,
(छ) जलवायु परिवर्तनले कृषिमा पारेको नकारात्मक प्रभावको प्रवृतिगत अवस्थाको निरन्तर अनुगमन तथा अभिलेखन गर्ने,
(ज) जलवायु परिवर्तन र यसको असर न्यूनीकरणको क्षेत्रमा कार्य गर्ने सङ्घसंस्था र निकायहरूसँग सहकार्य गर्ने।